समाचार

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

नवलपुर टुडे
२०८१ बैशाख ११ | बिहान ११:०१ बजे

धादिङ, वैशाख ११ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकलहरू एकापसमा ठोक्किएर आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । 

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै पुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । रासस

कमेन्टहरु