समाचार

सन्दिप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

नवलपुर टुडे
२०८१ बैशाख १० | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ, वैशाख १० । सन्दिप लामिछानेको पुनरावेदन मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी-२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुनेछ ।

कमेन्टहरु