बुलिङ्टारको डाडाझेरी जंगलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

नवलपुर टुडे
२०८१ बैशाख १० | बिहान ०७:०१ बजे

नवलपुर, वैशाख १० । नवलपुरको बुलिङ्टार गाउँपालिका – २ भाङबारीस्थित डाडाझेरी जंगलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा लडेर भाङबारीकी ४० वर्षीया सनिमाया बोटेको मृत्यु भएको हो । आइतबार दिउँसो २ बजेतिर घाँस काट्ने क्रममा लडेर सनिमायाको टाउकोमा चोट लागी गम्भीर घाइते भएकी थिइन् ।
घाइते भएकी उनको उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन लगिएकोमा सवा ५ बजेतिर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।























