समाचार

गोरखाको वीरेन्द्र ताल फुट्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नवलपुर टुडे
२०८१ बैशाख ९ | बिहान १०:०१ बजे

गोरखा, वैशाख ९ । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ ।

मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारे दिए । उनका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ । 

माथि खासै ठुलो क्षति भएको छैन । तल्लो क्षेत्रमा भने नदी बढेकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको लामिछानेले बताए ।

कमेन्टहरु