भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका गम्भीर घाइते

नवलपुर टुडे
२०८१ बैशाख ९ | बिहान ०७:०१ बजे

भक्तपुर, वैशाख ९ । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका गम्भीर घाइते भएकी छन् ।
बाघको आक्रमणबाट चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेत घाइते भएकी हुन् । घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा उनीमाथि बाघले आक्रमण गरेको थियो ।
उनको अहिले टेकु अस्पताल उपचार भइरहेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।























