रुपन्देही प्रहरीद्वारा १ लाख ३४ हजार बराबरको मोटरसाइकल र कुखुरा नियन्त्रण

नवलपुर टुडे
२०८१ बैशाख ७ | मध्यान्ह ०६:०१ बजे

बुटवल, वैशाख ७ । रुपन्देहीको देवदह नगरपालिका वडा नं १ विर्ताचोकबाट प्रहरीले अवैध कुखुरासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट ढेकावारबाट खटिएको टोलीले लु २० प ७६१६ र यूपी ५५ ई २४४० नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको ५६ पिस ब्रोइलर कुखुरा बरामद गरेको हो । ब्रोइलर र मोटरसाइकल गरी १ लाख ३४ हजार बराबरको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरेको मोटरसाइकल र ब्रोइलर आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन चिक पोष्ट कार्यालय बेलहिया बुझाएको प्रहरीले जनाएको छ ।























