देश

दुई दिनदेखिको अविरल वर्षाका कारण गुल्मीमा दुई घर भत्किए, एक घाइते

नवलपुर टुडे
२०७८ असार १ | मध्यान्ह ०४:०३ बजे

असिम कामु मगर
गुल्मी । दुई दिनदेखिको अविरल वर्षाका कारण इस्मा गाउँपालिकामा दुई घर भत्किएको छ ।इस्मा गाउँपालिका –५ मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको बस्दै आएको घर भत्किएको हो।

मैदानस्थित परियारको घर भत्किँदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वको टोली त्यस स्थानमा उद्धार गर्न पुगेको पाण्डेले बताए ।

त्यस्तै उजुङ्गका पछाईको घर पनि माथिबाट पहिरो सहित खसेको ठुलो ढुंगाले लागेर पूर्णरुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।

कमेन्टहरु