स्वास्थ्य

पर्वतको विहादी गाउँपालिकामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अमृत भट्टराई
२०८० चैत्र २८ | मध्यान्ह ०८:१२ बजे

विहादी, पर्वत । पर्वतको विहादी गाउँपालिकामा एकदिने बृहत्  निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।

विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङको पहलमा विहादी गाउँपालिकाको आयोजना र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरमा पर्वतको बिहादी गाउँपालिका, फलेवास नगरपालिका, पैँयू गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयले स्वास्थ्य चेकजाँच गराएका थिए ।

photo 2024 04 10 19 36 10

बिहादी गाउँपालिका- ३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा २ हजार ४५६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले नवलपुर टुडेलाई जानकारी दिए ।

photo 2024 04 10 19 36 16

विहादी गाउँपालिकाका प्रमुख प्रविण गुरुङकाे सभापतित्व रहेकाे कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस सांसद डा. शुनिल कुमार शर्मा रहनुभएको थियोे । खोटाङका पूर्व सभापति सुभास पोखरेल, नेविसंघ केन्द्रीय सदस्य राजीव लामिछाने, बिहादीका गाउँपालिकाका वडाध्यक्षहरुलगायत सहभागी रहेको थियो । 

photo 2024 04 10 19 36 19

कार्यक्रममा डा. शर्मासहित विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ, उपप्रमुख मीना शर्मा तिवारी, केएमसीका प्रबन्धक दाहाल लगायतले मन्तव्य राखेका थिए । शिविरमा चेकजाँच पछि निःशुल्क औषधि पनि दिएको विहादी गाउँपालिका स्वास्थ्य प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिए । उनका अनुसार शिविरमा चेकभएका मध्य स्त्रीरोग १२ जना, मुटु रोग ११ जना, नाक कान घाँटीका १२ जना, सर्जरी २२ जना, हाडजोर्नी १२ जना, मेडिसिनका १ जना, आँखाका १ जना गरी जम्मा ६५ जना बिरामीहरु विभिन्न रोगका, शल्यक्रियाका लागि काठमाडौ रिफर गरिएको छ । उनीहरुको निशुल्क रुपमा शल्यक्रिया हुने सांसद शर्माले बताए ।

photo 2024 04 10 19 36 21

यस्तै कार्यक्रमको सभापति रहेका परविन गुरुङले भने जनताले स्वास्थ्य क्षेत्रमा निकै सास्ती पाएको र स्वास्थ्यकै कारण बसाइँसराइ समेत गर्ने गरेको देखेर नै शिविर सञ्चालन गरेको बताए । गुरुङले आफू गाउँपालिका अध्यक्ष भएपछि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम ल्याउदै जनतालाई सेवा दिदै आएका छन् ।

कमेन्टहरु