नवलपुरमा गैंडाको आक्रमणबाट एक वृद्धाको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र २७ | मध्यान्ह ०२:१२ बजे

नवलपुर, चैत २७ । नवलपुरमा गैंडाको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कावासोती नगरपालिका – १० रतवल बस्ने ९० वर्षीया जगरीमाया महतोको मृत्यु भएको हो ।
मंगलबार दिउँसो १ बजेतिर सोही ठाउँको कृष्णसार मध्यवती सामुदायिक वनमा भेँडा चराउने क्रममा महतोलाई गैँडाले आक्रमण गरी पेटमा चोट लागेर गम्भीर घाईते भएकी थिइन् । घाइते भएकी उनको उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगेकोमा उपचारको क्रममा साढे १ बजेतिर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा नवलपुरका प्रहरी निरीक्षक साजन कुमार शर्माको कमान्डमा प्रहरी टोली खटी अनुसन्धान थालेको जनाएको छ ।























