समाचार

बलात्कार गरेको र जबरजस्ती गर्भपतन गराएको आरोप लगाउँदै महेश बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

नवलपुर टुडे
२०८० चैत्र २५ | मध्यान्ह ०७:१२ बजे

काठमाडौं, चैत २५ । बलात्कार गरेको र पटकपटक गर्भपतन गराएको भन्दै एक महिलाले एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । 

ती महिलाले चैत १३ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनले सरकारी वकिल कार्यालय काठमाडौं र हुलाकमार्फत उजुरी दिएकी थिइन् । सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि अहिले अनुसन्धान थालेको काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले बताए । 

पीडित महिलाको जाहेरीमा बस्नेतले आफूमाथि काठमाडौंको बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमा समेत पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छिन् । बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको उल्लेख गर्दै उनले यसअघि बस्नेतले दुईपटकसम्म फकाएर गर्भपतन गर्न लगाएको बताएकी छिन् ।

पछिल्लो समय बसेको गर्भलाई बस्नेतले झुक्याएर तुहाइदिएको र बिरामी अवस्थामा बलात्कार गरेको पिडित महिलाको दाबी छ । 

कमेन्टहरु