दुर्घटना

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र २३ | मध्यान्ह ०८:१२ बजे

काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार  बैतडीको  पाटन नगरपालिका-८ झ्याउलेकस्थित सडकमा से.२ त ३६७८ नम्बरको ट्याक्टर सडकबाट  करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रयाक्टरमा सवार सोही नगरपालिका-१० पनाली बस्ने ५० वर्षीय मान बहादुर बिष्ट र चालक कन्चनपुर शुक्लाफाटा नगरपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय राजेश चौधरी  रहेका छन् । यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका-२ पुटिस्याङस्थित सडकमा पुटिस्याङबाट सिंगटीतर्फ आउँदै गरेको लु.३ त १७१४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३५ मिटर तल खेतमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बाबरे बस्ने ३६ वर्षीया सन्ची माया थामीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ४ जनाको धुलिखेल शाखा अस्पताल भिमेश्वरमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङको  मर्स्याङ्दी गाउँपालिका-६ डहरेस्थित सडकमा पनि बा.१७ च १४६५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक दाङ घर भएका ३७ वर्षीय बिर सिंह परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु