समाचार

राैतहटकाे रंगपुर साझेदार वनबाट लुकाई छिपाई लगिरहेकाे काठ बरामद

अशोक यादव
२०८० चैत्र २३ | मध्यान्ह ०२:१२ बजे

रौतहट, चैत २३ । राैतहटकाे रंगपुर साझेदारी वन र सवडिभिजन वन कार्यालयकाे संयुक्त टाेलीले गएराती वनकाे गस्ती गर्ने क्रममा वनबाट लुकाई छिपाई लगिरहेकाे काठ बरामद गरेका छन् ।

वनका सदस्य उमाशंकर पटेल, सवडिभिजन वनको सदस्य बिमल चौधरी र रंगपुर साझेदारी वनको संयुक्त गस्ती टोलीले राती ३ बजे को समयमा करिब १५ क्युफिट सालको काठ र चार थानसाइकल बरामद गरेको हो ।

बरामद काठलाई साझेदारी वनमा लगिएको सवडिभिजनका सदस्य चाैधरीले बताएका छन् ।

कमेन्टहरु