समाचार

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक युवकको मुत्यु

नवलपुर टुडे
२०८० चैत्र २३ | मध्यान्ह ०१:१२ बजे

चितवन, चैत २३ । चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक युवकको मुत्यु भएको छ ।

तनहुँको सिद्धेश्वर नगरपालिका घर भई भरतपुर महानगरपलिका–१ शरदानगरस्थित काकाको घरमा बस्दै आएका २२ वर्षीय करण सुनारको मासु खाँदा घाँटीमा हड्डी अड्किएर मुत्यु भएको हो ।

उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो । त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए । तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो । 

भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको आज बिहान १२ः५० बजेको समयमा मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु