गायक रवि ओडविरूद्ध श्रीमतीले दिइन् वैवाहिक बलात्कार गरेको जाहेरी

नवलपुर टुडे
२०८० चैत्र २३ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत २३ । गायक रवि ओडविरूद्ध वैवाहिक बलात्कार गरेको भन्दै उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले गत बुधबार जाहेरी दिएकी हुन् ।
ओडविरूद्ध जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार पक्राउ पुर्जी जारी भएको दिनदेखि नै प्रहरीले पक्राउ अनुमति लिएर खोजी गरिरहेको छ ।
तर, उनी नभेटिएको प्रहरी उपरीक्षक जोशीले बताए ।























