दुर्घटना

ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि पहिलो जितको खोजीमा नेपाल

नवलपुर टुडे
२०८० चैत्र २३ | बिहान ०६:१२ बजे

काठमाडौं । ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो एकदिवसीय खेलका लागि आज मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । 

यसअघि घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्सले २१ रनले पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।  आजको खेलपछि शृंखलाको अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

कमेन्टहरु