धनगढीमा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला

नवलपुर टुडे
२०८० चैत्र २२ | बिहान ०८:१२ बजे

धनगढी, चैत २२ । कैलालीको धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन् । दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन् ।
बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।
उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए ।























