समाचार

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

नवलपुर टुडे
२०८० चैत्र २२ | बिहान ०८:१२ बजे

काठमाडौं,चैत २२ । गायक राजेश पायल राई पक्राउ परेका छन् । उनीसहित ६ जनालाई प्रहरीले गएराति २ बजे काठमाडौंको देविनगरस्थित मदन भण्डारी कलेज नजिकैबाट पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु