समाचार

गोलबजारका प्रशासकीय अधिकृतले पत्रकार थपलियालाई दिए गोली हान्ने धम्की

रामएकवाल राम
२०८० चैत्र २१ | मध्यान्ह ०९:१२ बजे

सिराहा, चैत २१ । सिरहामा एक पत्रकारलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गोली हान्ने धम्की दिएको छ। जिल्लाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले पत्रकार अर्जुन थपलियालाई गोली हान्ने धम्की दिएका छन। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई बुधबार फोन गरेर धम्की दिएका हुन।

पत्रकार थपलियाले गोलबजारबाट दाबानल नामक अनलाइन संचालन गरेका छन्। यस अनलाइनमा थपलियाले बुधबार गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षको अघोषित साझेदारी ठेक्कामा परियोजना संचालन शीर्षकमा समाचार लेखेका थिए।

यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत केसी असन्तुष्ट हुँदै थपलियालाई पटक पटक फोन गरेका थिए। थपलियाले भने फोन उठाउने बित्तिकै केसी सर आगबबुला हुँदै तथानाम भन्न थाल्नुभयो। मैले शान्त हुनुस् अनि कुरा गरौंला भनिरहेँ तर उहाँले धम्काउन सुरु गरेपछि गोली हानिदिन्छु भनेरै छोड्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत केसीले भने मैले रिस उठेर अति भएपछि गोली हानेर जेल बस्छु भनेकै हो। तर, यो केबल रिसको बोली हो उनले प्रष्ट्उन खोजे म पालिकाको कर्मचारीसँग बन्दुक कहाँ हुन्छ र गोली हान्नु। अर्जुनजीलाई पटकपटक हावादारी सूचना प्रवाह नगर्न आग्रह गर्दा पनि उहाँ मान्नु हुन्न कहिले मेयर श्यामलाई जेल हाल्छु भन्छ, कहिले माननीय लिलानाथ श्रेष्ठलाई जेल हाल्छु भन्छ। जोसुकैलाई जेसुकै गरुन् तर तथ्यभन्दा फरक सूचना प्रवाह गरेर काम गर्ने वातावरण नबिथोलिदिन मैले उहाँलाई पटकपटक आग्रह गरेको छु। कानुन मलाई पनि थाहा छ म कानुनभन्दा माथि हुँदै होइन। आवेशमा फोन गरेर भनेको कुरा मैले नै भनेको हुँ अधिकृतले भने।

कमेन्टहरु