देश

एग्राे संचालक संग नगर प्रमुख सहितकाे मिलेमताेमा १ कराेड झ्वाम – अख्तियारमा पर्यो उजुरी

नवलपुर टुडे
२०७८ जेष्ठ ३१ | बिहान ११:०२ बजे

मोरङ । बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अष्ट्रेलियाबाट ल्याएको फुल ब्लड अष्ट्रेलियन बोयर भन्दै नगरपालिकाले किसानलाई बोकापाठी वितरण गर्दा घोटाला भएको दावी सहित बेलबारीका ६ जना युवाहरुले आइतबार अख्तियारको इटहरी कार्यालयमा उजुरी दिएका छन् ।

received 936228270546985

उनीहरुले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह, बेलबारी १ का उत्तम गिरी, ग्रो अर्गानिक कृषि फर्मका प्रतिनिधि भनिएका श्याम पाण्डे र सुदिप चौधरी तथा बेलबारी नगरपालिकाका अन्य जनप्रतिनिधिको समेत संलग्नतामा १ करोड १ लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानविन गरी आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् ।

received 5649882478419018

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका प्रमुख बावुराम खतिवडाले पनि बेलबारी बोयर काण्डका विषयमा उजुरी आएको जानकारी दिनुभएको छ । अब यस बारे अख्तियारले आवश्यक प्रक्रियाहरु अघि बढाउने खतिवडाले जानकारी दिए ।

अष्ट्रेलियाबाट ल्याइएको भन्दै नवलपरासीको केशर एग्रो फर्मबाट २३ लाख रुपैयाँमा गुणस्तरहित बोकापाठी ल्याइ वितरण गरेर १ करोड २४ लाखको बोकापाठी ल्याएको दावी गरेर १ करोड १ लाख रुपैयाँ घोटाला गरिएको उजुरीमा उल्लेख छ ।

बेलबारी नगरपालिका अन्तर्गतका फोहोरमैला, सौर्य उर्जा, लोहन्द्रा खोलाको गिटी बालुवा, ढुंगा निकासी, कोभिड राहत कोष समेतका योजना तथा कार्यक्रमहरुमा पनि बोयर बोकापाठी खरिद घोटलामा जोडिएका व्यक्तिहरुकै संलग्नतामा रहेको उजुरी पत्रमा उल्लेख छ ।

बेलबारीका युवाहरु सुजित बस्नेत, विपिन आचार्य, खेमप्रसाद गौतम, कमल सुब्बा, रिक्त बहादुर गुरुङ, विशाल थापाले अख्तियारमा उजुरी दिएका हुन् । उल्लेखित सबै विषयमा छानविन गरी अनियमितता बारे सत्यतथ्य पत्ता लगाई कसुरदार उपर कानुनी कारवाही गर्न उजुरीमा माग गरिएको छ ।

करोडौँको रकम अनियमितता हुने गरी घोटाला काण्डहरु हुँदा पनि बेलबारीका राजनितिक दल र सरोकारवालाहरुले यसबारे चासो नदिँदा भष्टाचार छोपिएर जाने हुनाले आफुहरुले उजुरी दिएको उजुरी कर्ता मध्येका सुजित बस्नेतले बताए । भष्टाचारजन्य घटनाहरुका विषयमा आफुहरु चुप लागेर नबस्ने र यस्ता काण्डहरुको भण्डाफोर गर्न कानुनी बाटो तथा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु पनि अघि सारिने बस्नेतले बताए ।

याे बिषयमा हामी सँगकाे फाेन संबादमा, खरिद प्रकृया अनुसार नै गरिएकाे हाे तर एग्राे संचालजले हामिलाई स्याम्पल नदेखाई एकैचाेटि साे बाख्राहरु ल्याइ दिएकाे र वडाकाे प्रतिनिधिहरुको राेहवरमा हस्तान्तरण गरिएकाे हाे । तर केही समयपछि मात्र ब्यबसायिहरुबाट भएकाे जानकारी अनुसार साे बाख्रिहरु हामिले मगाए अनुरुपकाे नभएकाे कारण निज सप्लायर्सकाे रकम राेक्का समेत गरेका छाैँ । र जुन रकमकाे बिषयमा हामीले १ रुपैयाँ पनि निकासा गरेका छैनाैँ । हामीले उसकाे एग्राे समेत सिल गरि बन्द गरेका छाैँ । छानबिन समिति गठन गरेका छाैँ यस समितिले सत्य तथ्य प्रमाणित गर्नेछ, नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भने ।

कमेन्टहरु