दुर्घटना

नवलपुरमा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ जना गम्भीर घाइते

नवलपुर टुडे
२०८० चैत्र २० | मध्यान्ह ०५:१२ बजे

नवलपरासी । नवलपुरको गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा ओमशान्ति चोकबाट सरस्वती स्कूल चोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कूलको ना ४ ख १०४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवार पर्वत जिल्लाको फलेवास नगरपालिका – ४ घर भई हाल भरतपुर महानगरपालिका – २६ निवासी ६८ बर्षीय पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा परी गैडाकोट नगरपालिका – ५ निवासी २० बर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन् ।

उनको उपचारको लागि भरतपुर चितवनतर्फ पठाएको जिल्ला जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु