माओवादी नेता कालीबहादुर खाम पक्राउ

नवलपुर टुडे
२०८० चैत्र २० | मध्यान्ह ०४:१२ बजे

काठमाडौं, चैत २० । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो ।
हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।
उनीमाथि २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ । उक्त मुद्दामा उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।























