रौतहटमा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक पक्राउ

अशोक यादव
२०८० चैत्र २० | बिहान ११:१२ बजे

रौतहट, चैत २० । जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरियामा रहेको श्री प्राथमिक विधालयमा कार्यरत सोही ठाउँका शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको आरोपमा पक्राउ गरेको हो ।
शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।























