स्वास्थ्यमा समस्या आएपछि झलनाथ काठमाडौ नर्भिक अस्पताल भर्ना

नवलपुर टुडे
२०७८ जेष्ठ ३१ | बिहान १०:०२ बजे

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उच्च ज्वोरो आएपछि उनलाई अस्पताल भर्ना भएको छन ।
यसअघि लामो समय अस्पताल बसेर डिस्चार्ज भएका खनाललाई चार दिनदेखि लगातार उच्च ज्वरो आएपछि सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । उनलाई अहिले आकस्मिक कक्षमा भर्ना गरिएको र प्रारम्भिक चेकजाँच गर्दा रगतको कमी देखिएको डाक्टरले बताइएको छ ।
यसअघि मृगौलाको समस्या भएका उनलाई कोरोना संक्रमण देखिएर लामो समय नर्भिक अस्पतालमा उपचार गराएका थिए ।























