राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाको पुनर्गठन सम्पन्न


कपिलवस्तु । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कमा राष्ट्रिय संगीतकर्मी संघको जिल्ला पुनर्गठन सम्पन्न भएको छ।
संगीतकर्मी संघ दाङमा पहिले आबद्ध अध्यक्ष दीपक ओली उपाअध्यक्ष उषा दसैती र प्रवक्ता रमेश ओली लुम्बिनी प्रदेशमा नियुक्ति भएपछि र सहसचिव ईश्वर बिसि कार्य व्यस्तताले बाहिर रहेकोले संगीतकर्मी सङ्घ दाङले विदाई तथा सम्मान पनि गरेको छ।
उक्त खाली रहेको पदमा शनिबार नै पुन नयाँ कार्यसमिति गठन गरेको हो । जसको अध्यक्षमा श्रीधर कडेल वरिष्ट उपा अध्यक्षमा एचाआर मगर, उपाअध्यक्षमा कमल खड्का, वीरबहादुर बिक, दिपक बर्मा, सचीव भीम बहादुर वली, सहसचिवमा केशरबहादुर सुनार, सह कोषाध्यक्षमा रमेश जैसी, प्रवक्तामा के वि वली र सल्लाहकारमा लालमती भण्डारी नियुक्ति भएका छन् ।
त्यसैगरी प्रेस सह संयोजकमा रवि कराला नियुक्ति हुनुभएको छ । राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाको सदस्यमा पनि केही आबद्ध हुनुभएको छ । आबद्ध सदस्यहरूमा सन्ध्या खड्का, धनबहादुर ओली, अमृता गिरी र नन्दिका सोनाकार रहेका छन ।
कार्यक्रमको प्रमुख अतिथिमा उषा दशौती उपस्थित हुनुभएको थियो। कार्यक्रमको सभा अध्यक्षको आसन ग्रहण दीपक ओलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य रमेश जैसीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण भीम बहादुर ओलीले गर्नुभएको थियो ।























