पुर्वी नवलपरासीबाट मनकामना जाँदै गरेको स्कोर्पियो दुर्घटना हुदा एक जनाको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र १७ | मध्यान्ह ०८:१२ बजे

कावासोती, चैत १७ । गोरखाकोसहिद लखन गाउँपालिका–३, घोर्ले स्वाँरामा शनिबार दिउँसो स्कोर्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पुर्वी नवलपरासीको मझुवा देउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कोर्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी स्कोर्पियोमा सवार पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।























