प्रेस चाैतारी नेपाल राैतहट शाखाद्वारा नवप्रवेसि संचारकर्मीलाई स्वागत तथा सम्मान


रौतहट, चैत १७ । प्रेस चाैतारी नेपाल राैतहट शाखाले नवप्रवेसि संचारकर्मीलाई स्वागत तथा सम्मान गरेको छ । राैतहटकाे गाैरमा अाज प्रेस चाैतारी नेपाल राैतहट शाखाले एक कार्यक्रम गरि नवप्रवेसि संचारकर्मीलाई स्वागत तथा सम्मान गरेको हो ।
केही दिन अघि विभिन्न सघं सगठन परित्याग गरि प्रेस चाैतारी नेपालमा प्रवेश गरेका संचारकर्मी तथा नेकपा एमालेका नवनिर्वाचित जिल्ला अध्यक्ष सचितानन्द साह, सचिव रूपेश पटेल तथा नवनिर्वाचित सदस्य लगायतका विभिन्न पदाधिकारीलाई गम्छा तथा खादा लगाई स्वागत तथा सम्मान गरेको हो ।
प्रेस चाैतारी नेपाल राैतहट शाखाका जिल्ला अध्यक्ष उतम उपाध्यायकाे अध्यक्षतामा कार्यक्रम संचालन भएका थियो । यस्तै विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार साह रहेका थिए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि साहले राैतहट जिल्लामा अबका दिनमा पत्रकार महासंघकाे निर्वाचनमा प्रेस चाैतारी नेपालकाे अध्यक्ष हुनुपर्ने बताएका थिए ।
उनले भने ‘नेकपा एमाले पार्टीको तर्फबाट जे जस्तोसुकै सहयाेग गर्न तयार छाैँ । राैतहट संघमा हुने चुनावमा अाफ्नो पार्टीका अध्यक्षलाई ईमान्दारीपूर्वक मतदान गरि निर्वाचन गराउने सबै जिल्लाका कार्यसमिति पार्टीका कार्यकर्तालाई अाग्रह गर्दछु ।’
साे कार्यक्रममा प्रदेश कमिटीका सदस्य अनमाेल कार्की, रमेश तिमिल्सिना, अशाेक पहाडी, लगायत सयाैँ जनाकाे उपस्थिति रहेकाे थियो ।























