दुर्घटना

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा, एक जनाको मृत्यु, चार बेपत्ता

नवलपुर टुडे
२०८० चैत्र १७ | बिहान ०८:१२ बजे

चितवन, चैत १७ । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ । 

आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटरको दुरी कुरिनटारबाट बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।

पाँच जना सवार रहेको ट्याक्सी नदिमा खस्दा खस्दा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ । ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन । 

बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु