रौतहटको ३१ वटा एसईई परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद


रौतहट, चैत १६ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शुक्रबार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद भएको छ । परीक्षा अनुगमन समितिले ५ सय वटा मोबाइल बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरूले गौर, चन्द्रपुर, गरुडा लगायत जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोलीले उक्त संख्यामा परीक्षा हलबाट मोबाइल बरामद गरेको हो ।
बरामद गरिएको मोबाइल सेटमा सम्बन्धित व्यक्तिहरूको नाम लेखिएको र अर्को दिनदेखि नल्याउने शर्तमा परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी एलिजा गिरिले बताइन् ।























