दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र १६ | मध्यान्ह ०४:१२ बजे

दार्चुला, चैत १६ । दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ५ का सचिव ४० वर्षीय गंगाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हो ।
वडाको कामकाजका लागि पालिका गएका उनको सोही वडाको डाडाकोटस्थित भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना हिजो भएको र प्रहरीले आज बिहान करिब साढे ८ बजेतिर जानकारी पाएको हो । उनी हिजो बेलुकीतिर लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























