दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

नवलपुर टुडे
२०८० चैत्र १५ | मध्यान्ह ०१:१२ बजे

दैलेख, चैत १५ । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका – १ स्थित त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।
दैलेख प्रहरीका अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका हुन् । प्रहरीले नाम भने खुलाएको छैन । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।
मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।























