विद्यालय गएकी बालिका रुखमा झुण्डिएको अवस्थामा मृत फेला

नवलपुर टुडे
२०८० चैत्र १५ | बिहान १०:१२ बजे

बैतडी, चैत १५ । बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन् ।
उनी डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयमा बुधबार परीक्षाफल प्रकाशन भएको थियो । परीक्षाफल प्रकाशनपछि घर फर्कने क्रममा अस्मिताले बाटोमै चिउरीको रुखमा झुण्डिएर आत्महत्या गरेको पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताए ।
अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























