समाचार

टोपबहादुर रायमाझी अस्पताल भर्ना

नवलपुर टुडे
२०८० चैत्र १५ | बिहान ०६:१२ बजे

काठमाडौं, चैत १५ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । मुटुको समस्या भएपछि उनलाई मनमोहन अस्पताल लगिएको हो ।

रायमाझीलाई बुधबार बिहान ८ः३० मा अस्पताल लगिएको र मिनि हर्टअट्याक भएको बताइएको छ । उनको पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

अर्घाखाँचीवाट संघीय सांसद बनेका रायमाझीलाई असारदेखि केन्द्रीय कारागारको भद्रबन्दी जेलमा राखिएको थियो ।

कमेन्टहरु