दुर्घटना

नवलपुरमा दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते

नवलपुर टुडे
२०८० चैत्र १३ | मध्यान्ह ०८:१२ बजे

नवलपुर, चैत १३ । नवलपुरको कावासोती न.पा. २ सयपत्री चोकस्थित भित्री सडकखण्डमा दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ साढे ७ बजेतिर कावासोतीबाट सयपत्री चोकतर्फ जाँदै गरेको बा ९७ प ५६८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आँउदै गरेको लु ३२ प २१८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको हो । दुर्घटनामा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन् ।

घाइतेमध्ये बा ९७ प ५६८२ नम्बरको मोटरसाइकल चालक कावासोती न.पा. १ बस्ने अन्दाजी ४० वर्षीय कल्याण काफ्लेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउको र बाया खुट्टामा चोट लागेको छ । उनलाई नवलपुर अस्पताल कावासोतीमा सामान्य उपचार पश्वात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

यस्तै लु ३२ प २१८० नम्बरको मोटरसाइकल चालक कावासोती न.पा. २ बस्ने बर्ष ३९ का टेक नारायण भुषालको दायाँ हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेकाले नवलपुर अस्पताल कावासोतीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्टहरु