मधेशी एकता समाज कतारको होली उत्सव सम्पन्न


सिरहा । मधेशी एकता समाज समाज कतारले वृहत् इफ्तार तथा रङ्ग अबिरको पर्व होली एक कार्यक्रम गरि भव्री रुपमा मनाएको छ।
ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदाको पावन अवसरमा आयोजित वृहत् इफ्तार तथा हिन्दु धर्मावलम्बीहरुको आपसी मेलमिलाप र सद्भावनाको पर्व फागु पुर्णिामाको अवसरमा होली पर्व भव्यताका साथ मनाएको हो।
मधेशी एकता समाज कतारको अध्यक्ष शिवकुमार महतोको सभापतित्वमा तथा समाजसेवी मनिष यादव, लालबाबु साह, , विशेश्वर यादव, चन्दविर यादव लगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यतामा सामुदायिक इफ्तार तथा होली पर्व सप्पन्न गरेको हो।
साथै त्यस अवसरमा मधेशी एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादवले होलीको शुभकामना दिनुहुँदै समाजलाई अझ सुदृढ बनाउनेबारे छोटो मन्तव्य राख्नुभएको थियो ।
होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । यस्तै उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवालगायका मधेशका परिकार उनीहरुले पकाएर खाएका थिए ।























