गैर हाजिर रहेका २३ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

नवलपुर टुडे
२०८० चैत्र १३ | बिहान ०९:१२ बजे

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २३ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको छ । सूचनामा सात दिनभित्र गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।
तोकिएको अवधिमा पनि सम्पर्कमा नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने सूचनामा उल्लेख छ ।
























