कर्णाली नदिमा हाम फालेर बेपत्ता भएका युवक मृत भेटिए

नवलपुर टुडे
२०८० चैत्र १३ | बिहान ०७:१२ बजे

कैलाली, चैत १३ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक मृत भेटिएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्दै आएका ३० वर्षीय लोकेन्द्र शाही मृत भेटिएका हुन् ।
पुलबाट सामूहिक रुपमा हाम फालेका १७ जनामध्ये शाही बेपत्ता भएका थिए । उनको स्थायी घर भने कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखी हो ।
सोमबार अपराह्न ४ बजेतिर होली खेलेर उनीहरु कर्णाली नदीमाथि पुलमा पुगेका थिए । उनीहरू कर्णाली पुलमा जान खोज्दा प्रहरीले रोकेको थियो । तर, उनीहरूले आफूहरू पुलमा घुम्न आएको र फोटो खिच्न जान लागेको बताएर प्रहरीको आग्रहलाई अटेर थिए ।























