धनुषामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०८० चैत्र १३ | बिहान ०६:१२ बजे

जनकपुरधाम, चैत्र १२ । धनुषाको मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्र २–००२–००१ च ०७१२ नम्बरको पवित्रि हेल्थ केयर विष्णुपुर सिरहाको एम्बुलेन्सले ज ११ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने मोटरसाइकल चालक करिब २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षीय सरोजकुमार महतोलाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ ।























