समाचार

कपिलवस्तुको नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनको करेन्ट लागेर मृत्यु

नवलपुर टुडे
२०८० चैत्र १२ | बिहान ११:१२ बजे

कपिलवस्तु, चैत १२ । कपिलवस्तुको नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनको करेन्ट लागेर मृत्यु भएको छ ।  

दाङको तुलसीपुर उपमहानगरपालिका-१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका – ९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार बेलुका सवा ६ बजेतिर काभ्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेर रुखबाट भूइमा खसेका थिए । उनको तत्काल उद्धार गरी उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।

देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए ।

कमेन्टहरु