दुर्घटना

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते

नवलपुर टुडे
२०८० चैत्र १२ | बिहान ११:१२ बजे

अछाम, चैत १२ । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

सोमबार बिहान मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालक घाइते भएका छन् । उनीलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको हो । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो ।

 

कमेन्टहरु