समाचार

होली खेलेर सुनकोशी नदीमा नुहाउन गएका तीन बालबालिका डुबेर बेपत्ता

नवलपुर टुडे
२०८० चैत्र १२ | बिहान ०७:१२ बजे

उदयपुर, चैत १२ । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । हिजो होली खेलेर नुहाउन नदीमा जाँदा उनीहरु बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा–१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए । 

सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए ।

कमेन्टहरु