स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र ११ | मध्यान्ह ०१:१२ बजे

स्याङ्जा, चैत ११ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ भेडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय हर्क बहादुर थापा छन् ।
अर्जुनचौपारी–६ स्थित झाँक्रीथानमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।


















