समाचार

हाजिरी जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी

नवलपुर टुडे
२०८० चैत्र ११ | मध्यान्ह ०१:१२ बजे

काठमाडौ, चैत ११ । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गरेपछि बिगत दुई दिनदेखि प्रहरी नियन्त्रणमा रहेका रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । घाइतेको सबै उपचार खर्च व्यहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरिएको बताईएको छ ।

बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई थिए ।

सुशान्त बस्यालको स्थिति अझैसम्म गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु