स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने पूर्वमन्त्री यादवको भनाई


बीरगंज, चैत ११ । पूर्वमन्त्री प्रदिप यादवले स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् । बीरगंज स्थित चिल्ड्रेन वल्ड माविको बार्षिक उत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनु भएको हो ।
स्कुलका विद्यार्थीहरुले बार्षिक उत्सवको अवसरमा प्रदर्शन गरेको क्रियाकलापबाट आफु हर्षित भएको बताउँदै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले यसबाट अभिभावकहरु समेत खुशी भएको जिकिर गरे ।
कार्यक्रममा सरकारी तथा समुदायिक विद्यालयको बिषयमा आफ्नो धारण राख्दै पूर्वमन्त्री यादवले समुदायिक विद्यालयलाई सुधार गर्दै जानु पर्ने कुरामा जोड दिए । उनले शिक्षकहरुले राजनिति छाडेर पार्टीको झण्ड बोक्ने काम बन्द गर्नु पर्ने कुरामा जोड दिए ।
अहिले पनि सामुदायिक स्कुलका विद्यार्थीहरु बोरामा बसेर पढिरहेको बताउँदै पूर्वमन्त्री यादवले निजी विद्यालय तथा समुदायिक विद्यालयका विद्यार्थीहरुले एक समान रुपमा शिक्षा पाउनु पर्ने कुराको संकेत गरे ।
विद्यालयले आयोजना गरेको बार्षिक उत्सव समारोहमा स्कुलका विद्यार्थी, शिक्षक, शिक्षिका एवं आमन्त्रित अथितीहरुको सहभागीता रहेको थियो ।























