वीरगंजको लिंकरोडमा “पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक”को उद्घाटन


वीरगंज, चैत्र १० । वीरगंज लिंकरोडस्थित कुमु प्यालेसको सामुन्ने पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
सिनियर मेडिकल ल्याब टेक्नोलोजिष्ट बिपिन कुमार चौरसियाले सञ्चालनमा ल्याएका ल्याब एण्ड पोलिक्लिनकको उद्घाटन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्स डा. चितरञ्जन साहले यहाँ आधुनिक उपकरण सहितको मेशिन भएकोले रिजल्ट पनि राम्रो आउनेमा विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहका प्रमुख अतिथि डा. साहले चिकित्सकहरुले कुनै पनि बिरामीको उपचार गर्दा ल्याबको रिपोर्ट महत्वपूर्ण आधार हुने हुँदा गम्भिर भएर काम गर्न सुझाएका थिए । यस ल्याबका प्रमुख चौरसिया अनुभवि भएको कारण सेवाग्राहीहरुले ढुक्क भएर सेवा लिन सक्नेमा जोड दिएका थिए । करिब १५ वर्ष ल्याब क्षेत्रमा अनुभव बटुलेका प्रमुख चौरसिया वीरगंजको तराई अस्पतालमा लामो समय देखि ल्याब सञ्चालन गर्दै आएका थिए । हाल उनी नारायणी अस्पतालको ईमरजेन्सी ल्याबको ईन्चार्ज समेत हुन् ।
यस ल्याबमा बिसिजि, थाईराईड फनसन, लिपिड प्रोफाईल, लिभर फनसन, किडनी फनसन, ट्युमर मार्कर, युरिन, स्टोल, भिटामिन्स, भिडियो एक्सरे लगायतको जाँचहरु भईरहेको सञ्चालक चौरसियाले बताए । बजारको अन्य ल्याबहरु भन्दा सस्तो, भरपर्दो र गुणस्तरीय सेवाहरु आफूले दिने चौरसियाले बताए ।
उद्घाटन समारोहमा क्लिनिकमा सेवा दिने डा. संयुक्ता साह, डा. दिपेश साह, डा. अनुप कृष्ण गुप्ता, डा. रबी कुमार गुप्ता, त्यसैगरी ओबिसि नेपालका केन्द्रीय अध्यक्ष तेज प्रकाश निसाद लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।























