सशस्त्र प्रहरीद्वारा नवलपरासीबाट अबैध सामान बरामद


परासी, चैत ९ । नवलपरासीबाट सशस्त्र प्रहरी बल २६ नम्बर गण हेड्क्वाटर मातहतबाट खटिगएको सशस्त्र प्रहरी टोलीले बिभिन्न अबैध सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याएको सामान पाल्हिनन्दन गाउँपालिका सनईबाट २४ क्विन्टल धान र १६४५ केजी गहुँ बरामद गरेको छ । सो बरामद सामानको मूल्य रु.१,३९,९३०/- (अक्षरुपी एक लाख उन्चालिस हजार नौ सय तीस रुपियाँ) बराबरको रहेको प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिएको छ ।
त्यसैगरी रामग्राम नगरपालिका हकुईबाट लत्ता कपडा बरामद गरिएको छ । सोको रु.५०,६००/-( अक्षरुपी पचास हजार छ सय) बराबरको रहेको छ । बरामद अबैध सामानको जम्मा मूल्य रु. १,९०,५३०/- (अक्षरुपी एक लाख नब्बे हजार पाँचसय तीस ) रहेको छ ।
उक्त बरामद सामान थप कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको वाग्लेले जानकारी दिएको छ ।























