हाजिर जमानीमा रिहा भए कृष्णबहादुर महरा

नवलपुर टुडे
२०८० चैत्र ९ | मध्यान्ह ०२:१२ बजे

काठमाडौँ, चैत ९ । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन् । महराका छोरा निर्मलको जमानीमा छुटेका हुन् ।
सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन् । महरा ८ प्रकारका औषधी सेवन गर्छन् ।
महारालाई मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार छाडिएको न्यायाधीवक्ता कटुवालले बताए । उक्त दफामा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ ।























