देश

कपिलवस्तुमा एक साताकाे लागि निषेधाज्ञा थप , के-के खुल्ने ?

नवलपुर टुडे
२०७८ जेष्ठ ३० | मध्यान्ह ०८:०२ बजे

कपिलवस्तु /कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा जेठ ३१ गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई असार ७ गते राति १२ बजेसम्म थप गरिएको साथसाथै निषेधाज्ञा खुकुलो गरिएको छ ।

photo 2021 06 13 20 27 56

निषेधाज्ञा खुकुलो भए संगै निजि सवारी साधन, मोटरसाइकल कार चलाउन पाइने का साथै अटो रिक्सा पनि चलाउन पाइने निर्णय भएको छ ।

photo 2021 06 13 20 27 54

बैंक तथा बित्तिय सस्था पूरा समय खुल्ने निर्णय भएकोसाथै सबै कार्यलय खुल्ने भएता पनि आन्तरिक काम मात्र हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

photo 2021 06 13 20 27 57

विहान ९ देखि दिउँसो १ बजेसम्म खुल्दै अाएकाे पसलहरु अब विहान ९ बजे देखि साझा ५ बजे सम्म खाद्यान्न, तरकारी, फलफूल पसलहरु खुला गर्न पाउने कपिलवस्तु जिल्ला प्रमुख चक्र पाणी पाण्डेले जानकारी दिनु भयो ।

कपिलवस्तु जिल्लामा पछिल्लो समयमा काेराेना संक्रमण र मृत्युदर मा कमी अाएका ले निषेधाज्ञा खुकुलो भएको प्रशासनले जानकारी दिएको छ ।

कमेन्टहरु