दुर्घटना

नवलपुरको दमार चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०८० चैत्र ८ | बिहान ०८:१२ बजे

नवलपुर, चैत ८ । नवलपुरको मध्यविन्दु न.प.११ दमार चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन् ।

गएराती पौने १ बजे दमारबाट दमार चोकतर्फ आँउदै गरेको लु. ७६ प १६२१ नम्बरको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार मध्यबिन्दु न.पा.११ दमार बस्ने वर्ष ३० का अनिल बिक र २५ वर्षीय अजय ठकुरी घाइते भएका थिए ।

दुर्घटनापछि तत्काल उद्धार गरि उपचारका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाएकोमा राती सवा १ बजे अनिललाई चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।

अजयलाई भने मध्यबिन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ । उनको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक दमारकै २८ वर्षीय कृष्ण प्रसाद बिकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

कमेन्टहरु