प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्ष बार्कबिच शिष्टाचार भेट

नवलपुर टुडे
२०८० चैत्र ७ | मध्यान्ह ०४:१२ बजे

काठमाडौं, चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज ग्रेग बार्कले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइसीसीका अध्यक्ष बार्क र प्रधानमन्त्री प्रचण्डबीच भेट भएको हो ।
भेटमा उनीहरूबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।
अध्यक्ष बार्कले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।























