समाचार

रुखबाट लडेर वडा सदस्यको निधन

नवलपुर टुडे
२०८० चैत्र ७ | बिहान ०७:१२ बजे

धादिङ, चैत ७ । धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । 

दाउरा काट्ने क्रममा हिजो (मंगलबार) रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए । रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिए । वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका हुन् ।

वडा सदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले आज (बुधबार) नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो । 

कमेन्टहरु